arrow

ओलीको प्रश्न: खै एमसीसी बिर्सनुभयो कि के हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)तुरुन्त पास गर्न दबाब दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्न के ले रोक्यो ? भन्दै प्रश्न गरे । सोमबार एमालेको केन्द्रीय कमिटी बैठकमा संशोधनसहित एमसीसी पारित गर्नुपर्ने धारणा राखेका ओलीले एमसीसीबारे नेपाली जनताले जान्न चाहेकाले प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए ।

उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तर एमसीसी बिर्सनुभयो कि के हो ? खै मैले त यो कार्यक्रममा देखिनँ त कतै’ ओलीको कटाक्ष थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ