arrow

अमरताको फल

'तिमी आफ्नो मनमा विश्वासको बीउ छर, विवेकको हल चलाऊ, ज्ञानको जलबाट त्यसलाई सिचाइ गर'

logo
बुद्ध,
प्रकाशित २०७८ साउन २६ मंगलबार
Buddha.advice2_.jpg

एक दिन एक किसान बुद्धकहाँ गएर भने, 'महाराज, म एक साधारण किसान हुँ। बीउ छरेर, हलो जोतेर अन्न प्राप्त गर्छु र त्यसलाई म ग्रहण गर्छु। तर यसले मेरो मनलाई सन्तुष्ट पार्दैन। म केही गर्न चाहन्छु जसबाट मेरो खेतमा अमरत्वको फल उत्पादन होस् । तपाई मलाई मार्गदर्शन गर्नुस् जसबाट मेरो खेतमा अमरत्वको फल फलोस् ।'

किसानको कुरा सुनेर बुद्ध मुस्कुराए र भने 'असल व्यक्ति, तिमीलाई अमरत्वको फल अवश्य मिल्नेछ तर यसको लागी तिमीले खेतमा बीज नरोपेर आफ्नो मनमा बीउ छर्नुपर्छ ?' 

यो सुनेर किसानले अचम्म मान्दै भने, 'प्रभु, तपाई के भन्दै हुनुहुन्छ? मनमा बीज रोपेर पनि फल कसरी प्राप्त हुनसक्छ।'

बुद्धले भने, 'यो बिलकुल सम्भव छ र यी बीजहरूबाट तिमिलाई जुन फल प्राप्त हुनेछ त्यो फल वास्तवमा साधारण नभई अद्भुत हुनेछ, जसले तिम्रो जीवन सफल बनाउनेछ र तिमीलाई धार्मिकताको बाटो देखाउनेछ।'

किसानले भने, 'प्रभु, तब अवश्य बताउनुहोस् कि म मनमा कसरी बीज रोपूँ?'

बुद्धले भने, 'तिमी आफ्नो मनमा विश्वासको बीउ छर, विवेकको हल चलाऊ, ज्ञानको जलबाट त्यसलाई सिचाइ गर र त्यसमा नम्रताको उर्वर खन्याऊँ। त्यसबाट तिमिलाई अमरताको फल प्राप्त हुनेछ । त्यसलाई खाएर तिम्रो सारा दुः ख हट्नेछ र तिमिलाई असीम शान्तिको अनुभव हुनेछ।'

बुद्धबाट अमरत्वको फल प्राप्तिको कुरा सुनेर किसानको आँखा खुल्यो। उनले बुझे अमरत्वको फल राम्रो बिचारबाट मात्र प्राप्त गर्न सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ