- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हालसम्म देशमा १ करोड ८ लाख ५९ हजार ३ सय २० डोज (मात्रा) खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयको २६ गतेसम्मको तथ्याङ्कका आधारमा ७४ लाख भन्दा बढी डोज खोप लागि सकेको छ ।
हालसम्म एस्ट्राजेनेका, भेरोसेल र जे एन्ड जे गरी नेपालमा १ करोड ८ लाख ५९ हजार ३ सय २० डोज खोप भित्रिएको छ । यसमध्ये ७४ लाख ५८ हजार ९ सय १३ डोज खोप लगाइसकिएको छ ।
७४ लाखमध्ये ४५ लाख ७० हजार ५ सय ५३ जनाले एक मात्रा र २८ लाख ८८ हजार ३ सय ६० जनाले पूर्ण खोप लगाइसकेका छन् ।
नेपालमा सबैभन्दा बढी भेरोसेल खोप ५८ लाख डोज भित्रिएको छ । यसमध्ये २७ लाख २ हजार १ सय २८ जनाले एक मात्रा लगाएका छन् । यस्तै १० लाख ८३ हजार ४ सय ३ जनाले पूर्ण खोप लगाएका छन् ।
यस्तै एस्ट्राजेनेकाको ३५ लाख २५ हजार ३ सय २० डोज खोप भित्रिएको छ । यसमध्ये १८ लाख ६८ हजार ४ सय २५ जनाले एक डोज र ५ लाख ९७ हजार ८ सय १९ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।
यस्तै नेपालमा जोन्सन एन्ड जोन्सन अर्थात जे एण्ड जेको १५ लाख ३४ हजार डोज खोप भित्रिएको छ । यीमध्ये १२ लाख ७ हजार १ सय ३८ डोज पूर्ण मात्रा खोप सञ्चालनमा आइसकेको छ ।