arrow

मुस्ताङको टुकुचेमा युवकको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
dead2.jpg

पोखरा । मुस्ताङको टुकुचेस्थित कालीगण्डकी नदीको किनारमा एक युवकको शव फेला परेको छ । 

उक्त शव रुकुम पूर्व उत्तरगंगा गाउँपालिका वडा नं. ९ घर भई हाल मुस्ताङको टुकुचे बस्दै आएका २५ वर्षका रोशन समालको रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनी टुकुचेस्थित एक डिस्टेलरीमा काम गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।



नयाँ