arrow
ADVERTISEMENT

नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई दियो रकम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
melamchi-badhi.jpg

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ ।

 नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए ।

मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, लक्ष्मी, सिन्धु विकास बैंकका साथै अन्य बैंकमा प्रभावितको रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाले जानाएको छ ।

 नगरपालिकाभित्रका प्रभावित वडाबाट प्राप्त विवरणको आधारमा रकम जम्मा गरिएको लेखा अधिकृत पुडासैनीले बताए । उनले केही प्रभावितको खातामा रकम जम्मा गर्न अझै बाँकी रहेकाले छिट्टै नगरपालिकालाई उपलब्ध गराएको खातामा रकम जम्मा गरिदिने जानकारी दिए । 

केही पीडितको गुनासो तथा छुटपुट भएको खण्डमा प्रभावितलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र गराउन आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ