पारामेडिकल विषयको पुनः प्रवेश परीक्षाका लागि संयुक्त विद्यार्थी गठबन्धनको माग
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
916
Shares
काठमाडौं । सत्तारुढ दल निकट संयुक्त विद्यार्थी गठबन्धनले मेडिकल कलेजहरुमा अध्ययनका लागि पहिलो पटक लिइएको मेडिकल र पारामेडिकल विषयको पुनः प्रवेश परीक्षाको माग गरेका छन् ।
शुक्रबार चिकित्सा शिक्षा आयोग भक्तपुरमा पुगेर ज्ञापन पत्र बुझाउँदै उनीहरुले मेडिकल कलेजहरुमा कोटा संख्या भन्दा धेरै विद्यार्थी उत्तिर्ण भएको भए पनि पारामेडिकल विषयमा देशभरका क्याम्पसहरुमा भएको सिट क्षमता भन्दा कम संख्यामा विद्यार्थी उत्तिर्ण भएकाले स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा गम्भीर असर पुग्ने भएकाले पुनः प्रवेश परीक्षाको माग गरिएको नेविसंघ महामन्त्री युवराज पाण्डेले जानकारी दिए ।
विद्यार्थी गठबन्धनका तर्फबाट नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुप नारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेलद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्र शुक्रबार चकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई बुझाएका हुन् ।