arrow

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकले मागे उपकुलपति, रेक्टर र रजिष्ट्रारको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
BP-Gaurishankar.jpg

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले प्रतिष्ठानका प्रमुख तीन पदाधिकारीको राजीनामा माग गरेका छन् ।

प्रतिष्ठानलाई अहिलेको उल्झनबाटमुक्त गराएर नयाँ सोचका साथ अघि बढाउन निर्देशक शाहले वीपीका उपकुलपति (भिसी), रेक्टर र रजिष्ट्रार तीनैजनाको राजीनामा मागेका हुन् । 

निर्देशक शाहले उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरू खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिनुपर्ने माग गर्दै आफूसमेत पद छोड्न तयार रहेको संकेत गरेका छन् । 

आफ्ना लागि प्रतिष्ठानको पदाधिकारीको पद अस्थायी र प्राध्यापक पद स्थायी भएको उल्लेख गर्दै ‘प्रतिष्ठानलाई अनिर्णय बन्दी बनाउने र प्रतिष्ठानको आचारसंहिताविपरीत गोपनियता भंगगरी एकले अर्कालाई हानी गर्ने चाहे पूर्ण उपकुलपतिका रुपमा वा कार्य वाहक उपकुलपति, रजिष्ट्रारको रूपमा असीमित अधिकार प्रयोग विवादस्पद निर्णय गरेर प्रतिष्ठानको वदनाम गर्ने आफू भन्दा माथिल्लो तहका तीनजना पदाधिकारीले तत्काल् राजीनामा दिई प्रतिष्ठानलाई निकाश दिनुपर्ने’मा जोड दिएका हुन् ।

निर्देशक शाहले शनिबार एक विज्ञप्ती जारी गर्दै तीनै जनाको राजीनामा माग गरेका छन् । प्रतिष्ठान सधैंका लागि बन्द हुने अवस्थामा पुगेका कारण नयाँ तरिकाले अघि बढाउन तीनै पदाधिकारीहरुले राजीनामा दिन जरुरी गरहेको उनको मागछ ।

यस्तो छ निर्देशक शाहद्वारा जारी विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ