- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एमाले विभाजनको लागि अन्तिम तयारी गर्दै माधव नेपालले आफू निकटका केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। माधव नेपाल पक्षले विभाजनका लागि तयारी अवस्थामा रहन निर्देशन दिँदै आफू निकटका सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन्।
उनले सो छलफल गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले केन्द्रीय कमिटीको सङ्ख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ। एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गराएको हो।
माधव नेपाल समूहका प्रकाश ज्वाला बाहेक सबै केन्द्रीय सदस्यहरूलाई राखेर अद्यावधिक गराएको एमालेका निर्वाचन विभाग प्रमुख दाहालले बताए।
यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ। २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ।
एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउने गरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो। एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ। तर नेपाल पक्षमा ५२ जना भन्दा बढी केन्द्रीय सदस्य पुर्याउने कोसिस भइरहेको छ।
यस्तो छ अहिलेसम्मको अङ्क गणित:
पार्टी विभाजन हुँदा नेपाल पक्षमा जाने केन्द्रीय सदस्यहरू
१) झलनाथ खनाल– वरिष्ठ नेता
२) माधव नेपाल– वरिष्ठ नेता
३) युवराज ज्ञवाली– उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य– उपाध्यक्ष
५) भीम रावल– उपाध्यक्ष
६) घनश्याम भुसाल– उपमहासचिव
७) भीम आचार्य– सचिव
८) गोकर्ण विष्ट– सचिव
९) योगेश भट्टराई– सचिव
१०) मुकुन्द न्यौपाने– स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे– स्थायी समिति सदस्य
१२) अमृत बोहरा– पदेन स्थायी समिति सदस्य
पोलिटब्युरो सदस्यहरू
१३) अरुण नेपाल
१४) गङ्गालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल (हाल निष्क्रिय)
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) वेदुराम भुसाल
२०) रघुजी पन्त
२१) राजेन्द्रप्रसाद पाण्डे
२२) रामप्रित पासवान
२३) डा. विजय पौडेल
२४) श्रीमाया थकाली
वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६) गौरा प्रसाईँ कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुधन महतो
केन्द्रीय कमिटी सदस्यहरू
३१) गरिमा शाह
३२) चुडामणि जङ्गली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टङ्क कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झाँक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुसाल
४८) सीता गिरी ओली
४९) सोमप्रसाद पाण्डे
५०) श्रीप्रसाद शाह
२०७१ फागुन १३ गते मनोनीत केन्द्रीय सदस्यहरू
५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली
२०७३ फागुन २० गते मनोनीत केन्द्रीय सदस्यहरू
५६) धर्मनाथ शाह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रवीन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो
केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३) कृष्ण खनाल
६४) दिनेश राई
६५) धर्मराज निरौला
६६) निरा जैरु
६७) प्रकाश शाह
६८) प्रतापलाल श्रेष्ठ
६९) प्रेमल कुमार खनाल
७०) माधव अर्याल
७१) मेटमणि चौधरी
७२) रचना खड्का
७३) रविन कोइराला
७४) राजन राई
७५) राजबहादुर बुढा
७६) रामरती देवी राम
७७) शेरबहादुर केसी
७८) सुरेन्द्र मानन्धर
७९) हरिबहादुर राई
८०) हंसराज शाही
मनोनीत वैकल्पिक केन्द्रीय सदस्यहरू
८१) खगेन्द्र चुँडाल
८२) झपट रावल
८३) डा. देउमान सम्बहाङफे
८४) देवशंकर पौडेल
८५) भास्कर काफ्ले
२०७३ फागुन २० गते मनोनीत
८७) सुधीर शाह
८८) सरला यादव