प्रधानमन्त्रीसँग छलफलका लागि डा.गोविन्द केसी वालुवाटारमा
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
584
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आइरहेका डा.गोविन्द केसीलाई भेटेका छन् ।
प्रधानमन्त्री देउवाले डा. केसीलाई भेटका लागि भन्दै बालुवाटारमै बोलाएका हुन् । डा.केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै आएका छन् ।
उनले स्वास्थ्य राज्यमन्त्रीबाट श्रेष्ठलाई हटाउन ३ भदौसम्मको अल्टिमेटम नै दिएका छन् । डा केसीले सरकारलाई दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्री देउवाले उनलाई वालुवाटार बोलाएर छलफल गरेका हुन् ।
भेटमा डा.केसीले उठाएका मागका विषयमा छलफल भइरहेको वालुवाटार स्रोतले जनाएको छ ।