arrow

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले प्रधानमन्त्रीलाई बुझाए १० बुँदे ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
govinda-kc-shushila-.jpg

काठमाडौँ। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष दशबुँदे ज्ञापनपत्र बुझाएका छन्।

डा. केसीले आज सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटेर उक्त ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन्।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्की सँगै गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झा को पनि उपस्थिति थियो। डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी तथा प्राडा जगदीशप्रसाद अग्रवाल पनि सहभागी थिए।

ज्ञापनपत्रमा सरकारी अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूमा अहिलेको आवश्यकताअनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने र चिकित्सकलगायत स्वास्थ्यकर्मीको रोजगारीका अवसर सिर्जना गर्नुपर्ने मागहरू रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ