arrow

आजदेखि सत्याग्रहमा डा. गोविन्द केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
dr-kc-satyagraha-2080.jpg

काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले तीन सत्याग्रहको घोषणा गरेका हुन् ।

 उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए । उनले विगत लामो समयदेखि मुद्दाहरू उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उनको आरोप छ ।

उनले भने, ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरूका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरू उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ । तर पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जबाफदेही बनाउनका लागि हामीले देहायका मागसहित मङ्सिर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछौँ ।’

केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने: चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने माग छ । 

सय शैय्या भन्दा बढी क्षमता भएका एका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरु शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै आफूसँग यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्न र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ