arrow

हरिनास गाउँपालिकामा अनियमितताको आशङ्का

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ भदौ २ बुधबार
harinas-gaupalika.jpg

स्याङ्जा । स्थानीयले जनप्रतिनिधि र कर्मचारीबाट भएको अनियमितताका बारेमा अख्तियारमा उजुरी गरे पनि खासै अनुसन्धान गरेको विषय बाहिर आएका छैनन् । आफ्नो पालिकामा विकास गतिविधि र यसमा भएको आर्थिक पारदर्शिताबारे जानकारी पाउने अधिकार नागरिकसँग रहेको छ । 

नेपालको संविधानले हरेक सरकारी कार्यालय देखि स्थानीय तहसम्मको आर्थिक फेरहिस्ता नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । अहिलेका जनप्रतिनिधि खासै नागरिकलाई हिसाब किताब सार्वजनिक त हैन सिधा रूपले पनि भन्न चाहँदैनन् । यस्तै गुनासाहरू सामाजिक सञ्जाल देखि भौतिक सहभागितामै पोखेको देख्न सकिन्छ । 

यस्तै घट्नाको साक्षी बनेको उदाहरण अहिले हरिनास गाउँपालिकामा देखिएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले हरेक योजनामा आफै मनोमानी गर्दै करोडौँ रकम चलखेल गरेको आरोप लगाउँदै स्थानीयहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा पुगेका छन् । स्याङ्जाका केही स्थानीय तहको अनियमितताको छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परे पनि हरिनास गाउँपालिकाको उजुरीलाई चासोको विषयले हेरेको अख्तियारको भनाई छ । 

पटक पटक स्थानीयले उजुरी दर्ता गर्न थालेपछि पोखरा स्थित अख्तियारले पनि सो सम्बन्धमा चासो बढेको जनाएको हो । यो गाउँपालिकाको उजुरी पटकै पिच्छे आएको देखिन्छ पोखरा स्थित अख्तियार कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले भने,‘उजुरी बढ्दै जानु भनेको अनियमितको भएको शङ्का हुनु हो ।’ हामी छानबिनको प्रक्रिया मै छौ र निष्कर्षमा जाँदै पनि छौ उनले भने । 

सडक, गाउँपालिका भवन निर्माण, भ्यु टावर निर्माण, खानेपानी लगायतका विषयमा अध्यक्ष मानन्धरले मनोमानी गरी आर्थिक चलखेलको आरोप लगाउँदै पोखरा स्थित अख्तियारमा उजुरी दर्ता गरेका थिए । अख्तियारमा दुई वर्षमा गरी दर्जनौँ योजनामा अपारदर्शिता रूपले काम भएको भन्दै स्थानीयले उजुरी दिएका छन् । 

अख्तियार मात्रै नभएर अध्यक्ष मानन्धरको सम्पती छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण आयोगमा समेत उजुरी दिने तयारीमा रहेको स्थानीयले बताएका छन् । यस विषयमा अध्यक्ष मानन्धरले आफुले सबै गाउँपालिकावासी सँग छलफल र समन्वयकारी भूमिकामा विकासे आयोजना सम्पन्न गर्दै आएको दाबी गरेका छन् ।

 आफूबाट कुनै अनियमितता भएको भए कारबाही भोग्न तयार रहेको भन्दै अध्यक्ष मानन्धरले राजनीतिक प्रतिशोधमा दुख दिने गरेको आरोप लगाए ।  पोखराको अख्तियार कार्यालयमा पछिल्लो समय स्थानीय तहका उजुरी धेरै आउन थालेको सूचना अधिकारी रिजालले बताए । कतिपय उजुरी राजनीतिक प्रतिशोध, रिसिबी साध्न दुख दिने खालका छन् भने कतिपय अलि गम्भीर प्रकृतिका रहेको रिजालको भनाई छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै अख्तियारले पनि आफ्नो काम कारबाही अगाडी बढाउन थालेको बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ