arrow

नेपाल समूहका नेताहरु नयाँ दल दर्ताको तयारीमा, बानेश्वरमा छलफल गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूह नयाँ दल दर्ता र अध्यक्ष केपी शर्मा ओलीले अगाडि बढाएको कारवाहीका बारेमा निर्णय लिन छलफलमा जुटेका छन् ।

बानेश्वरस्थित अर्याल होटलमा भेला भएका उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश जारी गरेपनि छलफलमा जुटेका हुन् ।

उक्त छलफलमा नेता नेपालसहित कारवाहीमा परेका सबै सांसद र अन्य नेताहरु समेत सहभागी छन् । तर नेपाल समूह भित्रका केही प्रभावशाली नेताहरु छलफलमा सहभागी छैनन् । स्रोतका अनुसार भीम रावल, गोकर्ण विष्ट, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतका केही नेताहरु छलफलमा अनुपस्थित छन् । रावल, विष्ट, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु एमाले एकताकै पक्षमा छन् ।

राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भए लगत्तै दल दर्ता गर्ने गरी उक्त समूह तयारीमा जुटेको हो । उच्च स्रोतका अनुसार नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाका लागि बेदुराम भुसाल, डा.विजय पौडेल तथा कानुन व्यवसायी गोविन्द बन्दीलाई जिम्मेवारी दिएको छ । ती नेताहरु अहिले सक्रिय भएर दल दर्ताका लागि आवश्यक पर्ने कागजात तयार गरिरहेका छन् ।

नेपाल समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा (समाजवादी) राख्ने तयारी गरेको कागजपत्र तयारीकै क्रममा रहेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार निर्वाचन चिन्ह भने उदाउँदो सूर्य वा सूर्य भित्र हंसिया हतौडा राख्ने गरी तयारी भइरहेको छ । यस्तै पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने तयारी गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ