arrow

कारवाही रोक्न माग गर्दै नेपाल समूहका १४ जना सांसदले गराए संसद् सचिवालयमा निवेदन दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
Parliamentary_Committee.jpg.jpeg
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेले गरेको कारबाही रोक्न माग गर्दै माधवकुमार नेपाल समूह संघीय संसद् सचिवालय पुगेको छ । आफूहरुमाथि गरिएको कारबाही असंवैधानिक रहेको माधव समूहको जिकिर छ ।

१४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल समूह बुधबार संसद् सचिवालय पुगेको हो । १४ जना सांसद्को हस्ताक्षरसहित नेपाल समूहले सचिवालयमा ५ बुँदे निवेदन दर्ता गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकपछि सांसदहरु संसद सचिवालय गएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ