arrow

नबिल क्यास मेसिन जारी, एटीएमबाटै रकम जम्मा गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
nabil-cash-machine.jpg

काठमाडौँ। नबिल बैङ्कले नबिल क्यास मेसिन जारी गरेको छ। यो मेसिनको सहयोगबाट अब एटीएमबाटै रकम जम्मा गर्न सकिने भएको छ। आफ्ना ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै नबिल बैङ्कले नबिल क्यास मेसिन जारी गरेको जनाएको छ।

आधुनिक बैङ्किङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित हुँदै नबिल क्यास मेसिनले ग्राहकहरूलाई एटीएममार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको बैङ्कले जनाएको छ।

यो प्रविधि नबिल बैङ्कले सुरुआतमा नबिल बैङ्कको तीन धारा शाखा र पुलचोक शाखाबाट सुरु गरेको छ। अब ग्राहकहरूले मेशिनमा रु. १०००, ५००, १०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्ने बैङ्कले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। 

यसमार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा रकम जम्मा गर्न सकिने छ। साथै यसमार्फत ग्राहकहरूले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने जनाइएको छ।

नबिल बैङ्कले आफ्नो देशभर १३५ वटा शाखा कार्यालयहरू, १८४ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। बैङ्कले ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित रहेको पनि जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ