- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बेलायतको जनस्वास्थ्य अध्ययनले कोभिड१९विरुद्ध सञ्चालनमा रहेका मुख्य दुई खोपको प्रभावकारीता तीन महिनामा कम हुँदै गएको देखाएको छ ।
कोभिड१९विरुद्धको खोपको प्रभावकारीता घट्दै जाने अन्य देशकाे अध्ययन र तथ्यहरुलाई बेलायती अध्ययनले झनैं बलियो बनाइदिएको छ ।
झण्डै ३० लाख मानिसको स्वाबको नमुना परीक्षणबाट गरिएको अध्ययनले तीन महिनापछि खाेपकाे प्रभावकारीता ८५ प्रतिशतदेखि ७५ र ६८ प्रतिशतदेखि ६१ प्रतिशतमा झरेको देखाएको हो ।
अहिले विश्वभर सबैभन्दा बढी फाइजर र एस्ट्राजेनेका खोप बढी सञ्चालनमा रहेको छ । यी दुवै खोपको प्रभावकारीता तीन महिनापछि कम भएको अध्ययनले देखाएको हो ।
यद्यपि, दुवै खोपले डेल्टा भेरिअन्टविरुद्ध पनि काम गरिरहेको विज्ञहरुले बताएका छन् । प्रभावकारिता कम भएको बेलायती अध्ययनसँगै अमेरिका, इजरायलजस्ता देशरुलाई तेस्रो डोज खोप अर्थात बुस्टर डोज लगाउन झनै बाटो सहज बनाइदिएको छ ।
अमेरिका, इजरायल, जमर्नीलगायतले कोभिड१९विरुद्धको खोपको प्रभावकारीता घट्दै गएकाले तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरेका छन् ।