arrow

काठमाडौंमा विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेल खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
verocell-vaccine-china1623314936.jpg

काठमाडौं । काठमाडौंमा विद्यार्थीहरु तथा ४० वर्ष माथिका युवालाई शुक्रबारदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइँदैछ । १८ वर्षमाथिका प्लस टुमा अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र भएकाहरुलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो । 

त्यस्तै नियमित कार्यक्रम अन्तर्गत ४० वर्षमाथिका युवाले पनि खोप लगाउन पाउने छन् । काठमाडौं महानगरपालिकाले महानगरका ३२ वटै वडालाई पत्र जारी गर्दै खोपको व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै भिडभाड कम गर्नका लागि ८ वटा थप खोप केन्द्रहरु पनि तोकिएको छ । 

बिहान १० देखि ५ बजेसम्म खोप लगाउने समय तोकिएको छ । खोप भदौ ४,५ र ८ गते संचालन हुनेछ । अन्य नगरपालिकाको हकमा पनि सोही पालिकाले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ ।



नयाँ