arrow

कोरोनाको खोप लगाएपछि असर नदेखिए के हुन्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्धको महामारी रोक्नका लागि अहिले खोप अभियान तीव्र रुपमा चलिरहेको छ । त्योसँगै त्यसभित्र देखिएका जिज्ञासा पनि उत्तिकै बढ्दो छन् । सरल र सहज रुपले सूचना सम्प्रेषण नगरिँदा अनभित्र हुनेहरुको संख्या उत्तिकै छ । 

त्यसअन्तर्गत नै रहेको छ कोरोनाको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा त्यो खोपले काम गर्छ कि गर्दैन ? यस बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट नै पार्नुपरेको छ । 

मन्त्रालयले कुनै असर नदेखिए पनि खोपले असर गर्ने बताएको छ । एक सन्देश जारी गर्दै मन्त्रालयले ‘कोभिड–१९ विरुद्धको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम नै गर्दैन होला भन्ने कुरा भ्रम हो ।’

मन्त्रालयले सूचनामा अगाडि लेखेको छ, ‘खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन । कोभिड–१९ विरुद्धको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ । दुवै अवस्थामा खोपले काम गर्छ ।’

मन्त्रालयले खोपले दिने सुरक्षा र खोपको असरबीच कुनै प्रत्यक्ष सम्बन्ध नभएको पनि बताएको छ । 



नयाँ