arrow

कोरोनाको नक्कली खोप भेटियो, गम्भीर सावधानी अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
corona-vaccine-covid.jpg
तस्वीर–फाइल ।

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विरुद्धको नक्कली खोप मिलेको बताएको छ । उक्त नक्कली खोप लगाइएको भन्दै डब्ल्यूएचओले गम्भीर सावधानी अपनाउन आग्रह गरेको छ । 

भारत र युगाण्डामा कोरोना भाइरस विरुद्धको कोभिशिल्डको नक्कली खोप मिलेको उसले बताएको हो । नक्कली खोप पाउनासाथ चेतावनीसमेत जारी गरेको छ । तर कोभिशिल्ड बनाउने भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले कुनै पनि नक्कली खोप नभएको दाबी गरेको छ ।

भेटिएको नक्कली कोभिशिल्डको आकार छोटो रहेको छ । त्यसमा ब्याच नम्बर र एक्सपायरी डेटसमेत गलत लेखिएको थियो । 

उसले कोभिशिल्ड २ एमएलको शीशीमा आपूर्ति नगरिएको पनि बताएको छ । डब्ल्यूएचओले भने नागरिक स्तरबाट यो जानकारी पाएको उल्लेख गरेको छ । उसले यस्तो नक्कली खोप पाउनासाथ नष्ट गर्न पनि आग्रह गरेको छ । 

नक्कली युगान्डामा भेटिएको नक्कली कोभिशिल्डको शीशी ५ एमएलको थियो । जसमा १० डोज लगाइएको बताइएको छ । त्यसमा ब्याच नम्बर ४१२१जेड०४० र नक्कली एक्सपायरी डेट १० अगष्ट लेखिएको थियो । 

यसअघि डब्ल्यूएचओले अमेरिकामा फाइजर–बायो एनटेकको नक्कली खोपबारे बताएको थियो । (एजेन्सीको सहयोगमा) 



नयाँ