arrow

पोखरा विश्वविद्यालयको स्कुल अफ बिजनेसको डीनमा डा. ढकाल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
pokhara-univer.png

पोखरा । पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्काय (स्कुल अफ बिजनेस)को डीनमा डा. दयाराज ढकाल नियुक्त भएका छन् । चितवनमा जन्मिएर पोखरामा स्थायी बसोबास गर्दै आएका उनी विगत २० वर्षदेखि विश्वविद्यालयमा अध्यापनरत रही युरोपका विभिन्न कलेजमा गेस्ट लेक्चरर्सको रूपमा आबद्ध छन् ।

शुक्रवार पदभार ग्रहण गर्दै डीन ढकालले पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायलाई नेपालकै उत्कृष्ट बनाई आवश्यक परेको खण्डमा अन्य ठाउँमा पनि आङ्गिक कलेज खोल्ने एवं एमफिल र पिएचडी कार्यक्रम सुरु गर्ने बताए ।

यसै गरी विश्वविद्यालयका विभिन्न सङ्कायमा निर्देशकहरू पनि नियुक्त भएका छन् ।

विश्वविद्यालयको स्कुल अफ हेल्थ एन्ड एलाईड साइन्सको निर्देशकमा विमला भट्ट, स्कुल अफ बिजनेस को निर्देशकमा डा. सिर्जन ज्ञवाली, स्कुल अफ ईञ्जिनियरिङ्गको निर्देशकमा ओम गिरी, अस्पताल निर्देशकमा डा. दीपेन्द्र कुमार यादव, अनुसन्धान निर्देशकमा डा. नवराज धामी, विद्यार्थी कल्याणकारी कोष निर्देशकमा माधव प्रसाद पौडेल, पाठ्यक्रम विकास निर्देशकमा डा. पूर्ण खाँण र सहपरीक्षा नियन्त्रकमा दीपमाला श्रेष्ठ गुरुङ छन् ।

उपकुलपति प्राध्यापक डा. प्रेम नारायण अर्यालले अब विश्वविद्यालयले उच्च गतिमा काम गर्ने र बाँकी रहेका परीक्षासँग सम्बन्धित कामहरू यथाशक्य सक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ