arrow

जीपी कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा यूएन स्वास्थ्य राजदूत, नेपाल घुम्ने प्रतिवद्धता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
gpkoirala-foundation-usa.jpg

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको कार्यालय न्यूयोर्क उडसाइडमा एक महत्वपूर्ण भेटघाट एवं छलफल भएको छ । कोरोना कहरका बखतदेखि यसै फाउण्डेशनका गतिविधि एवं सामाजिक कृयाकलाप अत्यन्त नजिकबाट नियाल्दै यसबाट आफूसमेत प्रभावित भएको र कार्यालयमै आई छलफल गर्न उचित समयको पर्खाईमा रहेकी संयुक्त राष्ट्र संघ (यूएन) का लागि अमेरिकाकी स्वास्थ्य राजदूत डा. सीमा कारेटनया विशेष समय लिएर फाउण्डेशनको कार्यालयमा उपस्थित भई विविध छलफल गर्नुका साथै आवश्यक सल्लाह सुझावसमेत दिएकी छिन् । 

उनलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य प्रेम क्षेत्री अधिकारी, कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायतको टोलीले खादा पहिर्याई स्वागत गरेको थियो । 

सोही अवसरमा क्विन्सस्थित सिभिल कोर्टकी न्यायधीशकी प्रत्यासी एन्ड्रीया सविता ओग्ले, मानवअधिकारकर्मी एवं सामाजिक अभियन्ता तेन्जिन छेयांग, नेपाली सामाजिक अभियन्ता एवं गायक डा. महेशराज ठाकुर र संगीतकार न्हुच्छेमान डंगोल पनि उपस्थित थिए । 

भेटघाटमा बोल्दै राजदूत डा. कारेटनयाले अहिलेको विशेष परिस्थितिमा कोरोना कहरबाट विश्वलाई नै चुनौती भएको र संयुक्त राष्ट्रसंघले यसको सामना गर्दै वैकल्पिक जीवनपद्दति अपनाउन र मानव जीवन सुरक्षित राख्न यथासंभव उपायहरू अबलम्बनका प्रयास गर्न स्वास्थ्य र शिक्षानीतिमा फेरबदल गर्नुपर्ने बताइन् । 

उनले कोरोनाजस्तै भाइरसले १८औं शताब्दीदेखि नै स्वरूप बदल्दै विश्वमा ठूलो हिस्सामा मानवजनको विनाश गरेको बताउँदै सावधानी र सतर्कता नअपनाए स्थिति अझ भयावह हुने चेतावनी दिइन् । 

उनले जीपी कोइराला फाउण्डेशन अमेरिकाले गरेको मानवीय सहयोगको उच्च प्रशंसा गर्दै अमेरिकामा छरिएर रहेका अल्पसंख्यक नेपाली र सिंगो नेपालको सहयोगका लागि आफू तयार रहेको र उचित समयमा संयुक्त राष्ट्रसंघको विशेष स्वास्थ्य विशेषज्ञको टोलीसहित नेपालको भ्रमण गर्न आफू ईच्छुक रहेको बताइन् । 

यसै अवसरमा बोल्दै क्विन्सस्थित सिभिल कोर्टकी भावी न्यायाधीश प्रत्यासी एन्ड्रिया सविता ओग्लेले आफू विभिन्न जातजाति, भाषा एवं संस्कृतिलाई उच्च सम्मान गर्दै समयको माग र आवश्यकता अनुसार न्यायीक सेवा दिन लागि परेको बताइन् । 

लामो संघर्ष गर्दै आफू यस क्षेत्रमा आएको र आगामी दिनहरूमा आपसी सहयोगका साथ अगाडि बढ्न नेपाली समुदायलाई हार्दिक अपिल गरिन् । 

यसैगरी कार्यक्रममा आफ्नो धारणा राख्दै मानवअधिकारकर्मी एवं समाजसेवी तेंजिगं छेयांगले मानवीय सहयोग, सर्वसुलभ खोप एवं स्वास्थ्य सामग्रीको उपलब्धतावारे सबैले सोच्न आग्रह गरे । समाजसेवी डा. महेशराज ठाकुरले आफू राजदूतको सकारात्मक सोच र सहयोगी भावनासँग सहमत भएको र सबैले मिली आपसी सहयोगमा जुट्नुपर्ने धारणा राखे । 

कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले आफूहरूले यसै फाउण्डेशनमार्फत निरन्तर नेपाल र नेपाली एवं विविध समुदायलाई आइपर्ने स्वास्थ्य लगायतका मानवीय सहयोगमा लागिपरेको र भविष्यमा अझ सबैसँग हातेमालो गर्दै अगाडि बढिरहने विषयमा जोड दिए । 

उपाध्यक्ष शुवर्ण लामा, सदस्यद्वय प्रेम अधिकारी क्षेत्री र धुर्व कुँवर क्षेत्रीले उनीहरु दुवै जनाको बौद्धिक अनुभव र दक्षता सुन्न पाउॅंदा प्रसन्न भएको र धेरै कुराहरु हामीले सिक्ने मौका पाएको भन्दै उनीहरुप्रति आधार व्यक्त गरे । 

कार्यक्रमको अन्त्यमा प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले अतिथिका अमूल्य समय एवं सारगर्भित भनाई सुन्न पाउँदा अत्यन्त प्रशन्नता व्यक्त गर्दै हार्दिक धन्यवाद प्रकट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ