- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा १२८ दिनपछि पेट्रोलको भाउ सस्तिएको छ । रक्षाबन्धनको अवसरमा आइतबार डिजेल–पेट्रोलको मूल्य घटेको हो ।
भारतको दिल्लीमा डिजेल र पेट्रोलमा समान २० पैसा भारु घटाइएको छ । पेट्रोल १०१.६४ भारु र डिजेल ८९.०७ रुपैयाँ भारुमा बिक्री भइरहेको छ ।
यसअघि १२८ दिनअघि १५ अप्रिलमा पेट्रोलियम पदार्थको भाउ सस्तिएको थियो । त्यसपछि भने अहिलेसम्म ४० पटक भाउ बढेको छ ।
अहिले पेट्रोल मुम्बईमा १०७.६६, भोपालमा ११०.०६, जयपुरमा १०८.५६, पटनामा १०४.१० रुपैयाँमा बिक्री भइरहेको छ ।