arrow

साेमबारसम्म १ करोड ३१ लाख खोप भित्रियो, ८७ लाख डाेज लगाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
Covid-vaccine-corona.jpg

काठमाडौं। सोमबारसम्म नेपालमा करिब १ करोड ३१ लाख डोज खोप भित्रिएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालय अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलकशर्मा गौतमले हालसम्म करिब १ करोड ३१ लाख डोज खोप भित्रिएको बताएका हुन् । 

स्वास्थ्य मन्त्रालयको आइतबारको तथ्यांकका आधारमा ८७ लाख ८८ हजार ९ सय ८६ डोज खोप सञ्चालनमा आइसकेको छ । यसमध्ये ४९ लाख ४२ हजार २ सय ५० जनाले एक डोज र ३८ लाख ४६ हजार ७ सय ३६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्ध करिब ७४ लाख भेरोसेल खोप, करिब १५ लाख जोन्सन एन्ड जोन्सन र करिब ३८ लाख एस्ट्राजेनेकाको खोप भित्रिएको छ ।

१९ लाख ९५ हजार ९ सय ८८ ले एक डोज र १० लाख २६ हजार २ सय ४७ जनाले एस्ट्राजेनेका खोपको पूर्ण मात्रा अर्थात दुवै डोज लगाइ सकेका छन् ।

यस्तै २९ लाख ४६ हजार २ सय ६२ जनाले भेरोसेलको एक डोज र १४ लाख ८४ हजार ६ सय ४३ जनाले भेरोसेलको पूर्णमात्रा खोप लगाइसकेका छन् ।

यस्तै १३ लाख ३५ हजार ८ सय १६ जनाले जोन्सन एन्ड जोन्सनको खोपको पूर्ण मात्रा लगाइ सकेका छन् । सबै गर्दा ३८ लाख ४६ हजार ७ सय ३६ जनाले खोपको पूर्ण मात्रा र ४९ लाख ४२ हजार २ सय ५० जनाले खोपको एक मात्रा लगाएका छन् । 

कुल ८७ लाख ८८ हजार ९ सय ८६ डोज खोप लगाइसक्दा सरकारसँग झण्डै ४० लाख डोज खोप देशका विभिन्न स्थानीय तहदेखि केन्द्रसम्मका स्वास्थ्य सेवा केन्द्रमा भण्डारण एवं सञ्चालनमा रहेको अवस्था देखिन्छ ।



नयाँ