arrow

जापान सरकारले अनुदान दिएको सबै खोप नेपाल भित्रियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
nepal japan.jpg

काठमाडौँ । जापान सरकारले अनुदान स्वरूप दिएको कोभिड१९विरुद्धको सबै खोप सोमबार नेपाल भित्रिएको छ । कोभिड१९विरुद्ध एस्ट्राजेनेकाले विकास गरेको १६ लाख डोज खोप नेपाललाई अनुदान स्वरूप दिने घोषणा जापान सरकारकाले गरेको थियो ।

सोही अनुसार तीन चरणमा गरेर १६ लाख १४ हजार ७ सय ४० डोज खोप नेपाल भित्रिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले कोभिड१९विरुद्धको लडाइमा जापान सरकारले दिएको साथ प्रति आभार प्रकट गर्दै निरन्तर एकता र सहकार्यका लागि अपेक्षा राखेको छ ।

पहिलो चरणमा यस्तो दोस्रो चरणमा साउन २३ गते ५ लाख १३ हजार ४२० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको थियो । यस्तै भदौ ५ गते शनिवार २ लाख ८  हजार ७ सय डोज खोप नेपाल आइपुगेको थियो । सोमबार बाँकी खोपसँगै जापान सरकारले दिएको  १६ लाख १४ हजार ७ सय ४० डोज खोप नेपाल भित्रिएको हो ।

स्वास्थ्य मन्त्रालयको आइतबारको तथ्याङ्कका आधारमा ८७ लाख ८८ हजार ९ सय ८६ डोज खोप सञ्चालनमा आइसकेको छ । यसमध्ये ४९ लाख ४२ हजार २ सय ५० जनाले एक डोज र ३८ लाख ४६ हजार ७ सय ३६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 



नयाँ