arrow

नेपाललाई पार्टीबाट हटाउन ‌ओली सफल...

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
oli-nepal-breakup.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली माधव नेपाललाई पार्टीबाट हटाउन सफल भएका छन्। असार २७ गते गरिएको १० बुँदे लामो समय कार्यान्वयन नगरी बसेर पार्टी विभाजन भएपछि १० बुँदे कार्यान्वयन गर्न अग्रसर हुनुलाई माधव नेपाल हटाउन सफल भएका हुन्। उनले सोमबार मात्रै माधव नेपालसँग भएका नेताहरूलाई पार्टीभित्र राख्ने गरी १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।

‘ओलीले माधव नेपाललाई पार्टीमा राख्न चाहेका थिएनन् त्यसमा सफल भए, यो काममा ईश्वर पोखरेलले पनि ओलीलाई साथ दिए’,ओली निकट रहेका एक नेताले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने भएपछि नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपालले आफूसँग भएका केन्द्रीय सदस्य दायाँ बायाँ नलागुन् भनेर सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा बुक गरेर थुनेका छन्।

नेपाल पक्षका रहेका नेताहरूले ओलीसँग बसेर असार २७ गते गरिएको १० बुँदे कार्यान्वयनमा सहमति गरेका थिए। त्यही अनुसार मङ्गलवार स्थायी कमिटी बैठक बोलाइएको र सोही बैठकले पार्टीको एकताबारे ठोस निर्णय र कार्य योजना समेत बनाउने भएपछि नेपालले केन्द्रीय सदस्य र सांसदहरूलाई चन्द्रागिरीमा पुर्‍याएका हुन्।

एकताका लागि कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार भए पनि नेपाल अत्तालिएका थिए। ओलीले १० बुँदे सहमति कार्यान्वयन मात्र होइन नेपाल पनि पार्टीमा रहने भए १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिने आश्वासन पनि ओलीले दिएका छन्।

एकतामा सामेल हुने सन्दर्भमा विगतका कमीकमजोरी सच्याउन पनि ओली तयार भएका छन्। ‘उहाँले एमाले राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सबै साथीहरूलाई जिम्मेवारी दिने भन्नुभएको छ’, छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले भने। आफूहरूले ओलीलाई एमाले एकता बचाइराख्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्छ भन्नेमा जोड दिएको भट्टराईको भनाइ छ।

तर निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका माधव नेपाल फर्केर एमालेमा आउने सम्भावना निकै कम रहेको छ। निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधवार बोलाएको छ। त्यसअघि नै एमाले अध्यक्ष ओलीले पनि १० बुँदे कार्यान्वयनका लागि स्थायी कमिटी बैठक मङ्गलवार नै बोलाएपछि नेपालले केन्द्रीय सदस्यहरू रिसोर्टमा पुर्‍याएका छन्।

दायाँबायाँ नलागुन् भनेर सो होटेल बुक गरेका हुन्। अहिले नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका छन्। नेता नेपाल आज रिसोर्टमै बस्ने भएका छन्। रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको नेपाल निकट एक नेताले जानकारी दिए।

नेता नेपाल निकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका छन्। उनीहरू बुधवार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जनाएको छ। यसअघि माधव नेपालसँग नगएका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गरेका थिए।

यही क्रममा नेपाल निकट रहेका नेता राजेन्द्र राईले १० बुँदे सहमति नमान्ने घोषणा गरिसकेका छन्। उनले सो सहमतिलाई ओलीसँग जान हतारिएका नेताहरूको सहमति मात्रै भएको दाबी गरेका छन्। यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई,  सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्तहरू अहिले पार्टी एकताका पक्षमा रहेका छन्।

एमाले विभाजनमा संलग्न नरहेका तर माधव नेपाल समूहमा रहँदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्नु भन्दै मङ्गलवारसम्म सबै विषय टुङ्ग्याउन आग्रह गर्दै आएका थिए। त्यही क्रममा सोमबार बिहान उनीहरूसँगको कुराकानी पछि पाटी अध्यक्ष ओली मङ्गलवार बैठक राख्न तयार भएका हुन्।

तत्कालीन कार्यदलका सदस्य, विष्णु पौडेल, शङ्कर पोखरेल लगायतका नेताहरूसँग छलफल वार्ता गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू १० बुँदे कार्यान्वयनको विषयमा छलफल गर्न बालकोट बोलाइएको थियो।

पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि उनीहरूले यहीबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरूको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गर्दै आएका थिए। आइतबार दुवै पक्षका नेताहरूको छलफलमा १० बुँदे सहमति कार्यान्वयनको जिम्मा शङ्कर पोखरेलले लिएका थिए।

पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरूको वार्ता भएको थियो। १० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरू सहितको बैठक बस्ने बताइएको छ।

१० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भएको थियो। १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ त्यसको समाधानका लागि कार्यदल बनाउने बताइएको छ।

एमालेको विवाद जारी भएकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढ्दै विधान संशोधन प्रस्ताव ल्याएपछि माधव नेपालले देशभर समानान्तर पार्टी कमिटी बनाउन सबै केन्द्रीय सदस्यलाई निर्देशन दिए लगत्तै ओलीले १४ जना नेतालाई कारबाही गरेका थिए।

पार्टीभित्र  नेपाल पक्षलाई कुनै पनि स्थान नदिई उनी एकलौटी रूपमा विधान संशोधन र विभाग गठन गर्दै अघि बढेपछि नेपालले नयाँ दल दर्ता गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ