arrow

तनहुँमा निषेधाज्ञा लम्बियो, बजार खोल्न समय 

logo
हरि पन्त, 
प्रकाशित २०७८ भदौ ८ मंगलबार
Tanahun_District.png

तनहुँ । तनहुँमा निषेधाज्ञाको अवधि एक साता लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । केही गुनासा आएका व्यवसायका हकमा समय परिमार्जन गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । 

निषेधाज्ञामा यसअघिको समय केही फेर्दै फलफूल, तरकारी तथा अत्यावश्यक उपभोग्य वस्तुका लागि बिहान ५ देखि ११ बजेसम्म समय तोकिएको छ ।प्रशासनले सुझावका आधारमा अरु व्यवसायका हकमा मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्म समय तोकेको छ । 

यसअघि ११ बजेबाट समय तोकिएको थियो । तनहुँमा अब भने सार्वजनिक सवारी जोर बिजोरमै चल्ने निर्णय बैठकले गरेको सहायक प्रजिअ चित्रांगत बरालले जानकारी दिए ।

तनहुँमा अझैपनि ३१९ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार सार्वजनिक तथ्यांक अनुसार तनहुँमा कोरोना संक्रमितको कुल संख्या ६२ सय १७ जना पुगेको छ भने ५७ सय ५३ जना संक्रमित निको भएका छन् । तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ