arrow

पाइको मान ६२८ खर्ब अङ्कमा निकाल्दै स्विस वैज्ञानिकले बनाए नयाँ विश्व रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
pi.jpg

काठमाडौँ । अनन्त अङ्क पाइको मान  ३.१४१६ लेखिन्छ तर, यसको पछाडि जसले जति धेरै अङ्क निकाल्न सफल भयो उसले विश्व रेकर्ड बनाउँदै आएको छ ।

हालै स्विस वैज्ञानिक पाइको मान ६२८ खर्ब अङ्कमा अर्थात् ३.१४१५९२६५३... गर्दै ६२८ खर्ब सङ्ख्यासम्म पाइको मान निकाल्न सफल भएका छन् ।

पाइको मान यति धेरै लामो सङ्ख्यामा निकाल्न सुपर कम्प्युटरको आवश्यकता पर्छ । यसअघि ५०० खर्ब सङ्ख्यामा पाइको नाम निकालेको विश्व रेकर्ड कायम रहेको थियो । 

तर, स्विजरल्याण्डको ग्राउबुन्डेन एप्लाइड साइन्स विश्वविद्यालयको टिमले १ सय ८ दिन ९ घण्टामा पाइको मान ६२८ खर्ब सङ्ख्यामा निकाल्दै नयाँ कीर्तिमानी कायम गरेको हो ।

उनीहरूले निकाले पाइको नयाँ मानको अन्तिम १० वटा अङ्क ७८१७९२४२६४ रहेको छ ।

पाइ भनेको कुनै पनि वृत्तको परिधि र ब्यासको अनुपात हो । २२ लाई ७ ले भाग गर्दा आउने अङ्क नै पाइको मान हो । यो अनन्त सङ्ख्या भएकाले पाइको मान कहिल्यै टुङ्गिँदैन ।

तर, यसरी लामो सङ्ख्यामा मान निकाल्न सफल सुपर कम्प्युटरबाट आरएनए एनालाइसिस एवं अन्य किसिमका खोज एवं अनुसन्धान गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ