arrow

उपत्यकामा ६ सय ८९ संक्रमित थपिए, देशभर ३५ जनाको मृत्यु  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
corona-variant.jpg

 काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौँमा हाल सक्रिय संक्रमितको सङ्ख्या छ हजार ८८३, भक्तपुरमा एक हजार ४१६ तथा ललितपुरमा दुई हजार २५९ जना रहेको छ । 
त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ । 

मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पीसीआर परीक्षणमा  दुई हजार २० तथा चार हजार ९०१ जनाको एन्टिजेन परीक्षणमा ५०५ जना गरी कूल दुई हजार  ५२५ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख दुई हजार १८३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । 

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ । देशभर ६२० संक्रमितको सघन उपचार कक्षमा तथा १७० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ४९ लाख ४३ हजार ७३२ तथा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ