arrow

तत्काल स्थानीय खोलाहरुमा पुल बनाउन कांग्रेस नेता पन्थीको माग

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७८ भदौ ९ बुधबार
khildhoj-panthi-gulmi.jpg


तम्घास । नेपाली कांग्रेस गुल्मीका सचिव एवम् नेता खिलध्वज पन्थी गुल्मेलीले ग्रामिण क्षेत्रका सडकमा पुल नहुँदा नागरिकले सास्ती भोग्नु परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागमा ध्यानाकर्षण गराएका छन् । उनले सडक विभागका महानिर्देशकलाई ध्यानाकर्षण गराउँदै माग पत्र पेश गरेका छन् । 

तम्घास–सिमलटारी सडकको छल्दीपनाहादेखि सिमलटारी खण्डमा हालसम्म कुनै पनि स्थानमा पुल नहुँदा नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै यसमा विभागको ध्यान जान जरुरी रहेको नेता पन्थीले बताए । 

नेता पन्थीले अरौँदी खोला (हुलाके), कुखुरे खोला (लामडाँडा धनार्जी), घमिर खोला (किसानटारी सिलादी), नागखोला (पचासे फुलबारी) साथै बढिघाट खोला (मुसिकोट–२ सुदी र मुसिकोट–७ वामी जोड्ने) पुल यथाशिघ्र निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ