arrow

भ्याली ग्रुपको यात्रा पोल्ट्री व्यवसायदेखि चेन रेष्टुरेन्टसम्म : चाबहिलको ‘के एल टावर’मा खुल्यो नयाँ भीएफसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
IMG_3616.jpg

काठमाडौं । भ्याली ग्रुपले चाबहिलको ‘के एल टावर’मा नयाँ रेष्टुरेन्ट खोलको छ । काठमाडौं उपत्यकादेखि चितवनसम्म चेन रेष्टुरेन्टकारुपमा सञ्चालित भीएफसी रेष्टुरेन्टको नयाँ शाखा चाबहिलमा खुलेको हो ।

भ्याली एक्सप्रेसले अन्तर्राष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकोर्न लगायतका स्वादिष्ट परिकारहरू चखाउने उद्देश्य राखेको छ ।

नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मूल्यमा स्वास्थ्यकर मासुजन्य सामाग्री उत्पादन गर्ने अर्को लक्ष्य रहेको भीएफसीका निर्देशक बाबुराज रावलले बताए ।

भ्याली कोल्ड स्टोर प्रा लि (भ्याली ग्रुप) सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापारको उद्देश्यले २०४१ मा स्थापित भएको थियो ।

३१ वर्षपछि भ्याली ग्रुप फाष्टफुडको व्यापारमा प्रवेश गरेको थियो । प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको भ्याली ग्रुपले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रूपमा सञ्चालन गरिरहेको छ । 

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरू, आधुनिक वधशाला र फाष्ट फुड चेनहरू सञ्चालनमा छन् । पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानमा भ्याली ग्रुप सधैँ अग्रणी स्थानमा छ । 

उपभोक्तालाई सुपथ मूल्यमा स्वस्थ मासु उपलब्ध गराउँदै आएको भ्याली ग्रुप अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै शहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वास्थ्यकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने उद्देश्यका साथ भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ बर्ष अघि नै प्रवेश गरेको थियो र अहिले विस्तारको क्रममा छ । 

चितवनमा परीक्षणका रूपमा ६ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताहरूको उत्साहजनक प्रतिक्रिया पाएपछि भ्याली ग्रुप काठमाडौं उपत्यकामा प्रवेश गरेको थियो। चितवनपछि बालाजु नयाँ बजारमा आफ्नै परिसरमा दोस्रो शाखाको स्थापना गरी यसले बजारीकरण सुरु गरेको थियो ।

उपभोक्ताहरूको उत्साहजनक प्रतिक्रिया एवं चाहना बमोजिम काठमाडौंका मुख्य क्षेत्रहरूमा ग्रुपले शाखा विस्तार गर्दै गएको छ । यसै क्रममा चाबहिलको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा सञ्चालनमा आएको हो ।

स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्दै हाल सञ्चालनमा रहेका अन्य शाखा झैं अहिलेको महामारीको समयमा यस शाखाले पनि ‘टेक अवे’ र ‘होम डेलीभरी’ मार्फत मात्र आफ्ना परिकारहरू पस्किने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ