- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमााडौं । काठमाडौंमा भदौ ११ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले भदौ ११ गतेदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा लगाइने बताएका हुन् ।
कार्यालयले भदौ ११, १२ र १३ गते काठमाडौंका विभिन्न खोप केन्द्रमा दोस्रो मात्रा लगाउन सकिने बताएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउन सक्नेछन् ।
तर, यस पटक भने दोस्रो मात्रा लगाउन विद्युतीय दर्ता नम्बर अनिवार्य आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो खोप लगाएको कार्ड र विद्युतीय दर्ता नम्बर अथवा फाटाेसहित विद्युतीय दर्ता नम्बर ल्याएमा मात्रै खोप लगाउन सकिने भन्दै कार्यालयले विज्ञप्ति जारी गरेको छ ।
अन्यथा खोप लगाउन संलग्न स्वास्थ्यकर्मीलाई कडा कारबाही गरिने विज्ञप्ति उल्लेख छ ।
हेर्नुहोस् खोप केन्द्रको विवरण :