arrow

प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
garima-tiktok-eej-ko-lahar.jpg

काठमाडौँ। गरिमा विकास बैङ्कले प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। कोरोना भाइरसको महामारीले गर्दा नेपाली नारीहरूको महान् चाड हरितालिका तीजमा दिदीबहिनी भेला भएर तीज मनाउन सक्ने अवस्था नभएको भन्दै बैङ्कले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो।

बैङ्कले यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहने सबै नेपाली दिदीबहिनीहरूले भाग लिन सक्ने जनाएको छ। यस प्रतियोगितामा प्रतियोगीहरूले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने सर्त बैङ्कले अगाडि सारेको छ।

यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरूलाई विजेताको रूपमा छनोट नगरिने बैङ्कले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। प्रतियोगिताको विजेताले रु. ९,०००, उपविजेताले रु. ६,००० र तेस्रो हुनेले रु. ३,००० पुरस्कार पाउने छन्। एउटा अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु. २,००० जित्नेछन्।

विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने वेस्ट कन्सेप्ट भने अत्यधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ। 

बैङ्कले भनेको छ, ‘हामीले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरू साथै सर्तहरूलाई हाम्रो फेसबुक र वेबसाइटमा राखेको छौँ । इच्छुक महिला टिकटकरहरुले मिति २०७८–०५–१० गतेदेखि २०७८–०५–२४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र  #Garimabikasbank ह्यासट्याग प्रयोग गरी टिकटक भिडियो बनाउन सक्नुहुनेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ