arrow

सुनकोसी गाउँपालिकाका दुईसय युवा कांग्रेसमा प्रवेश, गगन र उज्वलले गरे स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
gagan-sindui.jpg

काठमाडौं । सिन्धुली सुनकोसी गाउँपालिका र विभिन्न स्थानीय तहबाट एमाले र माओवादी परित्याग गरि दुई सय जना युवाहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

काङ्ग्रेस सिन्धुली-काठमाडौ सम्पर्क समितिको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा नेता गगन थापा र जिल्ला सभापति उज्वल बराल नवप्रवेसीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाली काङ्ग्रेसमा प्रवेश गर्न धेरै स्थानबाट थुप्रै युवाहरू इच्छुक रहेको र आउनेक्रम जारी रहेको सम्पर्क समितिका सभापति युवराज गुरुङले जानकारी दिए । सुनकोसी गाउँपालिका इकाई समिति सभापति चन्द्र श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न स्थान उपलब्ध गराइदिएकोमा श्रीखण्ड होटेलका संचालक युवा नेता अन्जनी कोइरालालाई धन्यवाद दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ