arrow

पत्रकार अर्यालका पिता तथा लोकतान्त्रिक आन्दोलनका अभियन्ता दुर्गादत्तको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
durgadatta.jpg

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक परेको छ । अर्यालका पिता दुर्गादत्त अर्यालको ७२ वर्षको उमेरमा उपचारका क्रममा शनिबार राती निधन भएको छ ।

हाल भरतपुर महानगरपालिका–१२ मा स्थायी बसोबास गर्दै आएका अर्याल लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट ग्रसित थिए । २००६ साल बैशाख १२ गते स्याङ्जाको साविक बानेथोक देउराली गाविस ४ मा जन्मिएका स्वर्गीय अर्याल २०१५ सालको आम निर्वाचनका दौरान पिता शोभाकान्तको प्रेरणाबाट कांग्रेस जिताउने राजनीतिक अभियानमा सक्रिय थिए ।

पञ्चायती शासनको सुरुआती समयमै कांग्रेस भएकै कारण कम्युनिष्ट र पञ्चहरुले दुःख दिन थालेपछि भारतको आसाम गएका उनी प्रवासमा रहेर पनि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

प्रजातन्त्र पुनःस्थापना लागि गरिएको ०४६ को आन्दोलन साथै दोस्रो जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका अर्यालको निधनप्रति नेपाल प्रेस यूनियनलगायत संघ संस्थाहरुले शोक ब्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, नेपाल प्रेस यूनियनका केन्द्रीय महासचिब अजयबाबु शिवाकोटी, सल्लाहकार शिव लम्साल, प्रेस युनियन काठमाडौंका अध्यक्ष जगनाथ दुलाललगायतले अर्यालको निधनप्रति शोक व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ