arrow

नयाँ सदस्यता टुंग्याउन माग गर्दै युनियनले बुझायो महासंघलाई ज्ञापन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
fnj-npu-kavre.jpg

बनेपा । नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

काभ्रेको पत्रकारितामा कृयाशील पत्रकारहरु लामो सयमदेखि नेपाल पत्रकार महासंघको सदस्यताबाट बञ्चित भएको भन्दै नेपाल प्रेस युनियनले महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।  नेपाल प्रेस युनियन काभ्रेको टोलीले महासंघको कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको थियो । 

महासंघको केन्द्रले सदस्यता आह्वान गरेको समयमा जिल्ला शाखामार्फत आवेदन दिएकाहरुको हकमा पनि कुनै निर्णय हुन नसकेको भन्दै युनियनले जिल्ला शाखाको बैठक बस्दा पनि यो बिषयले प्रवेश नपाउनु दुःखद भएको जनाएको छ ।

प्रेस चौतारी नेपाल काभ्रेले विभिन्न माग राखी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यालयमा ताला लगाएको विषयले उत्पन्न गतिरोध समेतलाई समाधान गरी सदस्यता पाउने अधिकारबाट बञ्चित कृयाशील पत्रकारहरुको माग तत्काल बैठक बसी सम्बोधन गर्न माग गरेको छ ।

विधिको शासन, स्वतन्त्र प्रेस र श्रमजीवी पत्रकारको हकहितको पक्षमा युनियन सदैव दृढ रहेको जनाउँदै विज्ञप्तिमा जिल्लामा कृयाशील पत्रकारहरुले सदस्यता पाउनुपर्छ भन्ने कुरामा सदैव दृढ र कतिवद्ध रहेको उल्लेख छ ।

नयाँ सदस्यताको निर्णय गर्न दबाब दिने नेपाल प्रेस युनियन काभ्रे शाखाको अभियानमा ऐक्यवद्धता जनाइदिन पनि सबै कृयाशिल पत्रकारहरुमा युनियनले अनुरोध गरेको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रदेश सदस्य सम्झना हुमागाई, उपाध्यक्ष सुनिता सापकोटा, सचिव कपिल कोइराला, सहसचिव सरोज अधिकारी लगायतको उपस्थिति थियो ।

ज्ञापनपत्र बुझ्दै महासङ्घ अध्यक्ष तिमल्सिनाले सबैलाई सहमतिमा ल्याएर समस्या समाधान गरिने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ