arrow

प्रेस युनियन रौतहटले गर्‍यो अक्षयकोष स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
press-union-rautahat-2080-0.jpg

चन्द्रपुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार चन्द्रपुर नगरपालिका वडा नम्बर –६ स्थित जिपी उद्यान पार्कमा एक कार्यक्रमको आयोजना गरी भेला सम्पन्न भएको हो । 

सो भेलामा आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउन बिभिन्न एजेण्डाहरुको विषयमा छलफलसँगै युनियनका सम्पूर्ण सदस्यहरुलाई ट्रयाक सुट वितरण गरिएको अध्यक्ष प्रिमेश शिवाकोटीले जानकारी दिएका छन् ।

युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व. पिता लालबहादुर पुरीको नाममा रु एक लाख ११ हजार एक सय एक रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्की, सस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी, प्रेस युनियन मधेस प्रदेश लेखा समिति सयोजक रञ्जन खरेल, वरिष्ठ पत्रकार प्रभात झा, नेपाल प्रेस युनियनका सचिव सागर हुमागाईलगायत युनियनका सदस्यहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ