arrow

प्रेस युनियन काभ्रेले स्थापना दिवसमा सेवा घरलाई गर्‍यो खाद्यान्न सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
press-union-kavre-81-2-13.jpg

काभ्रे । नेपाल प्रेस युनियनको ३३ औंँ स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेले धुलिखेल नगरपालिका वडा नं १२ स्थित मानव कल्याण समाज (सेवा घर) लाई खाद्यान्न सहयोग गरेको छ । 

शंखुपाटीचौरमा रहेको सेवा घरमा पुगेर युनियन काभ्रेले चामल, नुन, तेल, दाल, चिउरा, बिस्कुट, गेडागुडी, फलफूलसहितका सामग्री हस्तान्तरण गरेको हो ।

सहयोग सामग्री लिएर नेपाल प्रेस युनियन काभ्रेका सदस्यसमेत रहेका कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईं, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष ईश्वरी ओझा, महेशराज पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, उपाध्यक्ष सुनिता सापकोटा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, सचिव शुभराज अधिकारी, सहसचिव इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारी, सदस्यहरु रामचन्द्र अधिकारी, राजन दाहाल, पुजन धिताल, ज्योती श्रेष्ठ, रोशन पौडेल र भक्त दाहाल सेवा घर पुगेका थिए ।

उपसभापति हुमागाईंले पत्रकारहरुले लेखनका साथै सामाजिक कार्य पनि गर्छन् भन्ने उदाहरण युनियनले पेश गरेको बताए । नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष सुनिता सापकोटाले आगामी दिनमा पनि यस्तै सहयोग निरन्तरता हुने अपेक्षा गर्दै शुभकामना दिइन् । 

नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीले सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सञ्चारलगायत विभिन्न माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव कल्याण समाज (सेवा घर) का अभियन्ता रोशन ढकालले त्यहाँका गतिविधिबारे जानकारी गराएका थिए । 

उनका अनुसार २०७२ सालको महाभूकम्पपछि नै आश्रय दिन थालेको संस्था २०७४ सालमा विधिवत दर्ता भएको थियो । 

२०७७ असोजबाट काभ्रेको बाँसघारीमा भाडाको घरबाट सेवा दिन थालेको संस्थाको शंखुपाटीचौरस्थित सेवा घरमा हाल ८३ जना आश्रित छन् ।

भक्तपुरको झौखेल, काभ्रे, निजगढ, पशुपति क्षेत्रबाट हाल ४ सय ५० जनालाई सेवा दिइरहेको छ । ती मध्ये ४२ जना बालबालिका छन् । 

हालसम्म १७ सय जनाको उद्धार गरेको संस्थाले ९ सय जनाको परिवारमा पुनर्मिलन गराएको छ । आश्रितमध्ये ८६ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ