arrow

वर्षाले घर भत्किँदा च्यापिएर बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
Palpa.jpg.jpeg

पाल्पा । लगातारको वर्षाले घर भत्किँदा च्यापिएर शनिबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । 

सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । रासस



नयाँ