arrow

कोरोनाको खोप माग्दै सडकमा उत्रे वैदेशिक रोजगारीमा जाने युवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
corona-vaccine-youth-foreig.jpg

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाले सडकमा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगारीमा जानका लागि तयारी पूरा भइसकेपछि खोप लगाउन नपाएर जान अड्केका युवाले राजधानीमा खोप माग्दै प्रदर्शन गरेका हुन् । 

उनीहरुले मंगलबार बिहानै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । विदेशमा रोजगार दिने देशहरुले खोप लगाउन अनिवार्य गरेपछि उनीहरुले खोपको माग गरेका हुन् । 

घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै वाध्य भएर युवाहरु सडकमा निस्किएका हुन् । 

महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा सोमबार राति ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई मंगलबार बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको थियो । 

रोजगारदाताले पनि जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएका थिए । 



नयाँ