arrow

सगुनले प्रवासका नेपाली सङ्घ संस्थाहरूसँग सहकार्य गर्ने, मिनी आइपिओ निष्कासन मङ्गलवार बन्द हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
sagoon.jpeg

वासिङ्टन डिसी। नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जालमा आधारित इ कमर्स कम्पनी सगुनले प्रवासका नेपाली सङ्घ संस्थासँग सहकार्य गर्ने भएको छ।सगुनले विश्वव्यापी नेपाली सङ्घसंस्थाका प्रतिनिधाहरूसँग भर्चुअल अन्तर्क्रिया गर्दै उक्त जानकारी दिएको हो। अन्तर्क्रियामा गैर आवासीय नेपाली सङ्घका विभिन्न मुलुकमा रहेका नवनिर्वाचित पदाधिकारीहरू, प्रतिनिधिहरूको सहभागिता थियो।

त्यस अवसरमा सगुनका संस्थापक कबिन सिटौलाले सगुनले कम्पनीको विस्तारसँगै प्रवासी नेपाली समुदायको पनि सेवा गर्ने उद्देश्यले सगुन फाउन्डेसनको स्थापना गरेको बताए। सगुन फाउन्डेसनले समुदायलाई प्रत्यक्ष लाभ हुने खालका गतिविधिमा सामाजिक सङ्घ संस्थासँग मिलेर काम गर्ने बताउँदै सिटौलाले नेपालमा कल्याणकारी परियोजनाहरू सञ्चालन गर्दा सहकार्य गर्ने उद्देश्यले सगुनले गैआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग एउटा समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको जानकारी दिए।  समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कामका लागि प्रवासमा रहेका सबै नेपाली संघसँस्थाहरूसँग सगुनले यस्ता सहकार्य गर्दै जाने नीति लिएको सिटौलाले बताए।

सगुन फाउन्डेसनका अध्यक्ष तथा सगुनका ग्लोबल कोअर्डीनेटर सूर्य गुरुङले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत डायस्पोरामा रहेका नेपाली सङ्घसंस्थालाई र  विश्व सामाजिक कल्याणकारी कार्यमा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले सगुनले १० लाख डलर बराबरको शेयर छुट्टाएर सगुन फाउन्डेसनको स्थापना गरेको जानकारी दिए। अध्यक्ष गुरुङले सगुन सबै नेपाली समुदायले अपनत्व गर्न सक्ने कम्पनी भएको बताउँदै सगुनलाई सबैको साथ चाहिएकोले सहकार्य गर्न आह्वान गरे। उनले सगुन विस्तार हुँदै गएपछि नेपाली समुदायकै हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। 

त्यस अवसरमा सगुनका टेक्निकल प्रोडक्ट कोअर्डिनेटर युवा सेडाईंले सगुनले आफ्ना प्रडक्टहरूको लाइव डेमो गरेर संस्थाका प्रतिनिधिहरूलाई देखाउनुको साथै नवीनतम फिचरहरू चाडै सार्वजनिक गर्न लागेको जानकारी गराए। 

त्यस्तै गरी सगुनका प्रोजेक्ट कोअर्डीनेटर डा. हरि दाहालले सगुनले “सगुन आइडिया ल्याब” विकास गर्ने योजना बनाइएको जानकारी दिए। जसअनुसार सगुन जस्ता नयाँ र फरक खालको आइडिया लिएर आउने व्यक्ति वा संस्थाहरूलाई आफ्नो श्रोत अनुसार भविष्यमा सहयोग र सहकार्य गर्ने डा. दाहालले प्रतिबद्धता जनाए। 

 सगुनका ग्लोबल फन्ड रेजिंग कोअर्डीनेटर तथा अस्ट्रेलिया कोअर्डीनेटर खेमराज पंगेनीले सगुन प्रगति पथमा जोडतोडका साथ अगाडि बढिरहेको बताए। सगुनले एकजमपलर कम्पनीसँग सहकार्य सुरु गरेको जानकारी दिँदै पंगेनीले अब सगुनले निनी आइपिओ निष्कासन बन्द गर्न लागेको बताए। उक्त अवसरमा वित्त विश्लेषक एवम् सगुनका सल्लाहकार बोर्डका अध्यक्ष झकेन्द्र शर्माले सगुनको आर्थिक अवस्था मज़बूत रहेको जानकारी गराउँदै भावी योजनाको मार्ग चित्र प्रस्तुत गरेका थिए। उनले भर्चुअल अन्तर्क्रियामा सहभागीहरूका जिज्ञासाको समाधानसमेत गरेका थिए। 

सन् २०१५ मा औपचारिक रूपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरू छन्।  सगुनको  प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियोहरू शेयर गर्न सक्छन् । आफ्ना साथीहरूसँग कुराकानी गर्छन्। यसरी सगुनको एपमा सक्रिय भएर विभिन्न गतिविधि गर्दा स्मार्ट क्वाइन प्राप्त गर्न सकिन्छ। ‘स्मार्ट कोइ परिवार र साथीहरूलाई उपहार किन्न खर्च गर्न सकिन्छ।  सगुन एपलाई गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ।

प्रयोगकर्ताहरुले अहिलेसम्म १ अर्ब ७० करोडभन्दा बढी स्मार्ट क्वोइन आर्जन गरिसकेका छन्। जसमध्ये ५३ करोड ३० लाख स्मार्ट क्वोइन परिवार तथा साथीहरूलाई उपहार दिन र किनमेल गर्न खर्च भएको छ । सगुनले  हालसम्म सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ। अब चाडै शपिंग तथा भ्वाइस स्टोरी  फिचरहरू पनि बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ।

यसै बीच सगुनले अमेरिकामा  रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयरहरू ३१ अगस्ट २०२१ (न्यूयोर्क समय मध्य रात १२ बजेसम्म)  खरिद गर्न सकिने जानकारी गराएको छ। इच्छुक लगानीकर्ताहरूले ‘सी क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न सक्नेछन्। गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका ४,५०० भन्दा बढी लगानीकर्ताहरूले सगुनका शेयरहरू किनेका छन्।

रेग ए प्लस (मिनी आइपिओ) स्वीकृत भएका कम्पनीहरूमा विश्वभरिका लगानीकर्ताहरूले शेयर खरिद गर्न सक्छन्। सगुनले संसारका धेरै मुलुकहरूलाई यो अवसर दिँदै आएको छ। अब सर्वसाधारणले लगानी गर्न पाउने अवसर छिट्टै बन्द गर्दै छ।  नेपालको कानुन अनुसार नेपालभित्र बसोबास गर्ने नेपालीहरूले शेयर खरिद गर्न पाउँदैनन्। नेपालबाहिर रहेका गैर आवासीय नेपालीहरूलगायत अन्य देशका नागरिकहरूले भने सगुनको शेयर किन्न सक्नेछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ