arrow

मोडर्नाको खोपले फाइजरभन्दा दुई गुणा बढी एन्टीबडी बनाउने : अध्ययन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
moderna.jpg

काठमाडौं। अमेरिकी फार्मास्युटिकल कम्पनी मोड्नाले उत्पादन गरेको काेराेना भाइरसविरुद्धकाे खोपले फाइजर फार्मास्युटिकलले उत्पादन गरेको खोपभन्दा दुई गुणा बढी एन्टीबडी उत्पादन गरेको एक अध्ययनले देखाएको छ । बेल्जियममा २ हजार ५ सय स्वास्थ्यकर्मीहरूमाथि भएको अध्ययनले यस्तो देखाएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित नभएका मोडर्ना खोपको दुवै डोज लगाएकाहरूमा प्रति मिलिलिटरमा २,८८१ युनिट एन्टीबडी पाइएको हो । उता फाइजरको खोप लगाउनेहरूमा १,१०८ युनिट प्रति मिलिलिटर एन्टीबडी पाइएको हो ।

अमेरिकन मेडिकल एसोसिएसन जर्नलमा प्रकाशित याे अध्ययनले मोडर्ना खोपले बढी एन्टीबडी उत्पादन गर्नुमा दुई कारण हुनसक्ने अनुमान गरेको छ ।

पहिलो मोडर्नाको खोपमा १०० माइक्रो ग्राम सक्रिय इन्ग्रिडिएन्ट हुनु र फाइजरको खोपमा ३० माइक्रो ग्राम हुनु । यस्तै अर्को कारण मोडर्नाको दुई डोज लगाउने ग्याप चार हप्ता हुनु र फाइजरको दुई खोप लगाउने ग्याप तीन हप्ता हुनु ।

सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि ६० लाख डोजभन्दा बढी फाइजरको खोप खरिद गर्ने पक्रिया अघि बढाएको छ । 

गत साउन २८ गते मात्रै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा बोल्दै बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका थिए । 

सरकारले कुन खोप कति भित्र्याउदैछ भन्ने यथेष्ट जानकारी भने दिएकाे छैन् । यद्यपि माेडर्ना र फाइजरकाे खाेप चैतसम्म भित्रिने सरकारकाे भनाइ छ ।



नयाँ