arrow

सीजी नेटमा तीजको अफर आयो बरिलै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
cg-cgnet-bumper-teej-offer.jpg

काठमाडौँ। हालैमात्र नेपाली बजारमा भित्रिएको अहिलेसम्मकै सबैभन्दा छिटो सबै भन्दा सस्तो इन्टरनेट सेवा रहेको सीजी नेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ। उक्त अफर भदौ १६ देखि ३० गतेसम्म चल्ने छ।

विशेष गरी महिला ग्राहकहरूको लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्स्क्राइब गर्नु पर्ने सर्त रहेको सीजीले जनाएको छ । सब्स्क्राइब गरिएको योजना महिलाको नाममा हुनु पर्नेछ।

उक्त अफर सब्स्क्राइब गरे बापत लक्की ड्रबाट दैनिक रूपमा २ वटा घरायसी सामग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने सीजीले जनाएको छ।

उक्त अफर सीजीनेटको कभरेज भएका स्थानहरूमा मात्र उपलब्ध हुनेछ।

सीजीनेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी र कलङ्कीमा गरिसकेको छ। अब थप स्थानहरू पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ।

चौधरी ग्रुप अन्तर्गत सिजी कम्युनिकेसन लिमिटेडले सीजीनेटको सेवा प्रदान गर्दै आइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ