arrow

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट  निवेदन दर्ता गराएका हुन् । 

अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको सर्वोच्चले जनाएको छ । 

रिटमा कोरोना महामारीका कारण दशौँ हजारको उपस्थितिमा महाधिवेशन गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भनिएको छ । रिटको पेशी आइतबारका लागि तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ