arrow

काँग्रेसको भातृ सङ्गठन मुस्लिम सङ्घ धर्नामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
muslim-sang.JPG

स्याङ्जा । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल मुस्लिम सङ्घले संविधानले आरक्षण गरेको कोटा काँग्रेसले हटाएको भन्दै धर्नामा बसेर विरोध गरेका छन् । काँग्रेसको निर्वाचन निर्देशिकामा आरक्षण कोटा हटाएको प्रति ध्यानाकर्षण गर्दै नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेश र जिल्ला कार्य समिति स्याङ्जाको संयुक्त आयोजनामा काँग्रेस पार्टी कार्यालयको मुलगेटमा धर्नामा बसेर विरोध गरेका हुन् । 

नेपाली काँग्रेसको आसन्न १४ औँ अधिवेशनको मुखमा काँग्रेसको विधान तथा नियमावलीले गरेको व्यवस्था विपरीत मुस्लिम समुदायलाई गरेको अन्यायको ध्यानाकर्षण गरेको छ । काँग्रेसको विधान र नियमावलीमा क्रियाशील एवं सक्रिय राजनीति गर्दै आएका मुस्लिम समुदायका नेता तथा कार्यकर्तालाई आठौँ तहमध्ये महाधिवेशनबाट नै प्रवेशमा रोक लाग्ने गरी गरिएको गैह्र जिम्मेवार पूर्ण निर्णय सच्चाउन माग गर्दै विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । 

जालझेल गरी मुस्लिम समुदायको प्रतिनिधित्वलाई पूर्ण निषेध गर्ने गरी आएको निर्देशिका प्रति घोर विरोध गर्दछौँ मुस्लिम सङ्घ स्याङ्जाका अध्यक्ष अलि मियाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त निर्णय सच्चाउन जोडदार माग गर्दै मुस्लिम सङ्घ स्याङ्जा अहिले काँग्रेसको पार्टी कार्यालय स्याङ्जाको मुलगेटमा धर्नामा बसेका छन् । 

तुरुन्तै निर्णय नसच्चाएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी मुस्लिम सङ्घका नेता मुन्ना सेखले दिएका छन् । बेलुका ५ बजे सम्म काँग्रेसले हाम्रो माग पुरा गरेन भने १८ गते देखी सुरु हुने वडा अधिवेशनका कार्य स्थलमा समेत धर्ना बस्ने सेखले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ