arrow

१२ देखि १५ वर्षका स्वस्थ्य बालबालिकालाई कोरोनाको खोप लगाउन पर्दैन ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १९ शनिबार
corona-vaccine-covid.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीका बेलामा हरकोहीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन जरुरी भनिएको छ । तर पछिल्लो एक सुझावले भने केही राहत दिएको पनि मानिन्छ । 

कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आँकलन भइरहँदा इङल्याण्डको भ्याक्सिन एडभाइजरी बोडी जेसीअीआईले १२ देखि १५ वर्षका स्वस्थ्य बालबालिकालाई कोरोनाको खोप लगाउन दिन अस्वीकार गरेको छ । 

इङल्याण्डमा भएको यो निर्णयले बालबालिकाका लागि लगाउने खोपमा नयाँ बहस हुने देखिएको छ । डेली मेलका अनुसार जेसीभीआईले शुक्रबार १२ देखि १५ वर्षका स्वस्थ्य बच्चाहरुमा भाइरसको खतरा कम रहेको पनि बताएको छ । 

जेसीभीआईले जो मृगौला, मुटु र फोक्सोको बिरामीसँग जोडिएका दुई लाख युवालाई भने खोप दिनुपर्ने बताएको छ । 

उसले कोरोना संक्रमित हुँदा १२ देखि १५ वर्षका बालबालिकामा १० हजारमा एक बिरामीको हालत गम्भीर हुन सक्ने आँकलन समेत गरेको छ । यसैलाई आधार बनाएर खोप लगाउन जरुरी नभएको समेत उसको निष्कर्ष छ । 

हाल क्यानडा, अमेरिकामा १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिन थालिएको छ । 



नयाँ