arrow

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १९ शनिबार
india-vs-nepal-hamro-patro.jpg

काठमाडौँ। नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ। म्याच प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबीच सहकार्य भएको छ।

विशेष गरी अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरूले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्नेछन्।

कसरी हेर्ने फुटबलको लाइभ ?
अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिङ्क मा क्लिक गर्न सक्नेछन्। त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुहोस्। यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ।

त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्नुहोस् र ‘वाच नाव’मा थिच्नुहोस्। यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिने छ। सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात् उल्टो गणना देखिने छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ