- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कोभिड-१९ विरुद्धको सबैभन्दा बढी खोप लगाउनेमा मनाङ जिल्ला रहेको छ । मनाङका ५७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् ।
यस्तै दोस्रो नम्बरमा मुस्ताङ ५६ प्रतिशत र तेस्रो नम्बरमा रसुवाका ४६ प्रतिशत नागरिकले कोभिड-१९विरुद्धको पूर्ण खोप लगाएका हुन् ।
काठमाडौँ जिल्लाका ४० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँका ४० प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएका हुन् ।
काठमाडौँ उपत्यकाको भक्तपुरका ४१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । अन्य सबै जिल्लामा ४० प्रतिशत भन्दा कम नागरिकले पूर्ण खोप लगाएका छन् ।
प्रदेशगत तथ्याङ्क हेर्ने हो भने बागमती प्रदेशका २९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका लगाइसकेका छन् ।
यस्तै प्रदेश १ का १० प्रतिशत, प्रदेश २ का ७ प्रतिशत, गण्डकी प्रदेशका १७ प्रतिशत र लुम्बिनी प्रदेशका १६ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
कर्णाली प्रदेशका १२ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने, सुदूरपश्चिम प्रदेशका १५ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।