arrow

दसैँसम्म २ करोड ५ लाख खोप भित्रिसक्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ 

४० लाख डोज मोडर्नाको खोप किन्न भयाे भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
umesh-shrestha.jpg

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दसैँसम्म २ करोड ५ लाख डोज खोप भित्रिसक्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेपाली जनताका लागि अहिलेको अवस्थामा ५ करोड ५० लाख डोज खोप आवश्यक रहेको र त्यसमध्ये २ करोड ५ लाख डोज खोप भित्रिसक्ने उनले बताएका हुन् । यस्तै १ हप्ता १० दिनभित्र ४४ लाख डोज भेरोसेल खोप ल्याइसक्ने समेत उनले बताएका छन् । 

यस्तै बालबालिकाका लागि ४० लाख डोज मोडर्नाको खोप खरिदका लागि भुक्तानी समेत भइसकेको उनले बताएका छन् । यस्तै बालबालिकाकै लागि ६० लाख डोज फाइजर खोप समेत खरिद गर्ने तयारीमा सरकार रहेको मन्त्री श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ