- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ। बेमितहरूले इसेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको ०.३५ प्रतिशत देखि एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्। यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले जनाएको छ।
कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिने छ। आइफोन विजेता गोला प्रथा माध्यमबाट छानिने छ। आफ्नो बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्ने छ। इसेवाले अनलाइन मार्फत बिमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको छ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४५ लाख बढी रहेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।