arrow

उन्नाइस महिनापछि नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीयमा मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
nepali-cricket-team.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेपालले १९ महिनापछि पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । नेपालले पपुवा न्यूगिनीसँग पहिलो खेल खेलिरहेको हो । यसअघि नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा घरेलु कीर्तिपुरको टियु क्रिकेट मैदानमा खेलेको थियो ।

पीएनजीविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले बलिङ गर्ने भएको हो ।

नेपाल र पीएनजीले दुई खेलको सिरिज खेल्दैछन् । पहिलो खेल अहिले भइरहँदा दोस्रो खेल शुक्रबार हुनेछ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय भइरहेको हो । यसअघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल खेलेको थियो ।

पछिल्लो तथ्यांक हेर्दा नेपालले एक दिवसीयको चार भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ